मुख्यमन्त्रीको अध्यक्षतामा आपतकालिन बैठक सम्पन्न

IMG-20240614-WA0271.jpg

बैठकमा प्रकृतिक प्रकोपले पुऱ्याएको क्षति र सम्बोधन गर्नेबारे निर्णय

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा आज उनको सरकारी निवास मिन्तोगाङमा हालै प्रकृतिक प्रकोपले राज्यको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पूऱ्याएको घटनालाई र यसको समस्या समाधान गर्नको निम्ति एक बैठक सम्पन्न भयो। विशेष गरेर प्रकृतिक प्रकोपको कारण राज्यको विभिन्न ठाउँमा सडक सम्पर्क विच्छेद, विद्युत आपूर्ति, खाद्य आपूर्ति र मोबाइल नेटवर्क समस्या समाधान गर्ने विषयमा बैठकमा छलफल गरिएको जानकारी गराइएको छ। बैठकमा सामान्यता पुनर्स्थापित गर्न र राज्यका मानिसहरूको सुरक्षा र हितलाई सुनिश्चित गर्नका लागि रणनीति बनाउन र समन्वय राखेर कामगर्नुपर्ने विषयमा जोड दिइएको थियो।

बैठकमा सम्बन्धित अधिकारीहरूले क्षतिको विवरण, सडक अवरुद्ध र प्रभावित मानिसहरूलाई तत्कालका राहत सामग्री र अस्थायी पूर्नवासको व्यवस्था गरिनुपर्ने विषयमा केन्द्रित गरियो।पूर्वाधारको क्षतिको मूल्याङ्कन , विशेष गरी यातायात र राहत कार्यका लागि महत्त्वपूर्ण सडक र पुलहरूको निर्माण कार्यको थाल्नीबारे जानकारी गराइयो। मुख्यमन्त्री तामाङले सम्वन्धित अधिकारीहरूलाई स्थितिको नजिकबाट अनुगमन गर्नुपर्ने र राहत कार्यहरू पुनर्स्थापना गर्ने प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका छन्। प्रकृतिक प्रकोपको कारण धेरै कुरालाई प्रभावित तुल्याएको हुँदा सबै भन्दा महत्पूर्ण विषयलाई प्राथमिकता दिएरा काम गर्नुपर्ने उनले सुझाउ दिएका छन्। मुख्यमन्त्रीले सर्वसाधारणलाई सतर्क रहन, सुरक्षा दिशानिर्देशहरू पालना गर्नुपर्ने र अधिकारीहरूलाई सहयोग गर्ने अपील गरेका छन्। उक्त बैठकमा ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री अरूण उप्रेती,सडक एवम पुल विभाग मन्त्री एनबी दाहाल, लगायत अन्य विधायकहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement