नागाल्याण्डका राज्यपाल तीन दिवसीय भ्रमणको निम्ति आइपुगे सिक्किम

IMG-20240614-WA0270.jpg

गान्तोक: नागाल्याण्ड राज्यका राज्यपाल एलए गणेश्यान तीन दिवसीय भ्रमणको निम्ति आज सिक्किम आइपुगेका छन्। आफ्नो भ्रमणका क्रममा राज्यपालले भारत सरकारको संस्कृति मन्त्रालयको उत्तर पूर्व क्षेत्रीय सांस्कृतिक केन्द् र सिक्किम सरकारको सांस्कृतिक विभागसँगको सहकार्यमा मनन केन्द्रमा आयोजना गरिने ‘भारत को जानो’ कार्यक्रममा सहभागिता जनाउने भएका छन्। यसै क्रममा उनले शेरेथाङको सीमा क्षेत्रमा आयोजना हुने कार्यक्रममा पनि अंशग्रहण गर्ने भएका छन्। सिक्किम आउने क्रममा राज्यपाललाई रम्फुको फेसिलिटेसन केन्द्रमा पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, महकुमा अधिकारी, रम्फू थानाका एसएचओ लगायत पर्यटन विभागका अधिकारीहरूले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement