केन्द्रिय मन्त्री सोनोवाल र मुख्यमन्त्री तामाङले जनाए सहभागीता
गान्तोक। राजधानी गान्तोकस्थित इञ्चे गुम्बा परिसरमा योगाउत्सव कार्यक्रम पालन गरियो। यस अवसरमा केन्द्रीय आयुष मन्त्री सर्वनन्द सोनवाल, मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत स्थानीय मन्त्रीगण,विधायकगण र अन्य अधिकारीवर्गले पनि सहभागिता जनाएका थिए। आयुष मन्त्रालय र राज्यको स्वास्थ्य विभागको संयुक्त पहलमा आयोजित यस कार्यक्रमबारे मन्त्री डा. एमके शर्माले यस कार्यक्रमको महत्वबारे प्रकास पारे। मानिसको जीवनमा योगाको महत्व र यसको अवसरबारे बोल्दै मन्त्री शर्माले योगाले मानिसको मष्तिकलाई ताजा बनाउनको साथै स्वास्थ्य राख्ने गरेको जानकारी गराए।

सिक्किम राज्यमा योगालाई व्यवहारिकरूप दिँदै राज्यको विभिन्न गुम्बा लगायत अन्य संस्थानहरूमा अभ्यास शुरू गरिएको बताए। यसै क्रममा केन्द्रीय मन्त्री सर्वनन्द सोनवालले योगले मानिसको जीवनलाई समृद्ध र सुन्दर बनाउने एक माध्यम रहेको बताए।यसले शारीरिक कायाकल्पका साथै हाम्रो आध्यात्मिक स्वास्थ्यलाई सुधार्न सहयोग पुऱ्याउने गरेको पनि उनले उल्लेख गरे।