बिराटनगर: सुनसरीमा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको कोशी गाउँपालिका ३ नहरचोकस्थित सडकमा भएको दुर्घटनामा २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो। इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को २ ख ६०५९ नम्बरको ट्रकले को २ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी २ बस्ने यादवको मृत्यु भएको पुलिसले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। पुलिसले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।











