बैकुण्ठपुरको जंगलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Death-Image-Rep-copy

सिलगढी: हात्तीको आक्रमणबाट सिलगढीको सालुगडाको बैकुण्ठपुर जंगलमा एक महिलाको मृत्यु भएको छ। घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। स्रोतका अनुसार शुक्रबार बिहान डाबग्राम नम्बर एक अञ्चलको बेदगडा निवासी एक महिला बैकन्ठपुर जंगलमा गाई खोज्न निस्किएकी थिइन्। त्यसपछि ढोई हात्तीले उनलाई आक्रमण गर्यो। जसका कारण महिलाको घटनास्थलमै मृत्यु भएको थियो। महिलाको लाश देखेपछि स्थानीयले भक्तिनगर पुलिस थाना र वन विभागलाई खबर गरेका थिए। सूचना पाएपछि पुलिस र वन कर्मचारीले घटनास्थलमा पुगेर लाश आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएका थिए। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement