कोलकाता: एलेन डिजिटलले देशको प्रमुख इन्जिनियरिङ र मेडिकल प्रवेश परीक्षाको नतिजामा एलेन अनलाइन कार्यक्रमको सफल प्रदर्शनको घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। एलेन अनलाइन कार्यक्रमका विद्यार्थी अविक दासले आफ्नो पहिलो प्रयासमा अनलाइन अध्ययन गरेर जेईई (एडभान्स्ड) परीक्षामा ३०७/३६० अंक लिएर अल इण्डिया ऱ्यांक (एआईआर) ६९ हासिल गरे र देशको सबैभन्दा ठूलो एनईईटी-युजी मा ७०५/७२० अंक ल्याएको विज्ञप्तिमा बताएको छ। ‘योसँगै पश्चिम बंगाल राज्य बोर्डमा ९९.२ प्रतिशत अंकका साथ शीर्ष स्थानमा छ।

अविक पश्चिम बंगाल संयुक्त प्रवेश परीक्षा (डब्ल्युबी-जेईई) मा सातौं स्थानमा रहे। पश्चिम बंगलको अलिपुरद्वारका निवासी अविकले आफ्नो सफलताको श्रेय उच्च स्तरको फ्याकल्टी, उच्च गुणस्तरको सामग्री र एलेन अनलाइन कार्यक्रमहरूको व्यक्तिगत मार्गदर्शनलाई दिन्छन्’, विज्ञप्तिमा यसरी बताइएको छ। अविकले भने, ‘मैले यी प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि अनलाइन तयारी गरे किनभने म मेरो परिवारसँग नजिक हुन चाहन्छु। पढाइको क्रममा उनीहरुसँगै बस्न चाहन्थे। मेरो संकाय, सल्लाहकारहरूको मार्गदर्शन र एलेन एपको अभ्यासले मलाई यो उपलब्धि हासिल गर्न मद्दत गर्यो।‘

यस अवसरमा एलेन डिजिटलका सीईओ आभा महेश्वरीले अविकसँगै एलेन डिजिटलका मयुख चौधरीले जेईई एडभान्समा एआईआर १६१ र जबलपुरका गरव चौधरीले एआईआर १६३ हासिल गरेको बताइन्। विज्ञप्तिमा बताइएअनुसार, ‘एलेन अनलाइन कार्यक्रमका ४ जना विद्यार्थी टप-२०० मा परेका छन् भने १४ जना विद्यार्थी टप ५०० मा परेका छन्। यससँगै ५ विद्यार्थीले एनईईटीमा ७२०/७२० उत्कृष्ट अंक प्राप्त गरेका छन्।‘ आभा महेश्वरीले एलेनको ३६ वर्षको बलियो विरासतलाई प्रविधिको सहयोगमा अत्याधुनिक एआई-आधारित एप मार्फत विद्यार्थीहरूलाई सहयोग गर्दै अगाडि बढाइएको बताइन्। उनले भनिन्, ‘हाम्रा अनलाइन सिकाइ कार्यक्रमहरू प्रायः अनलाइन सिकाइसँग सम्बन्धित महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न, व्यक्तिगत सामग्री सुनिश्चित गर्ने र कक्षा बाहिरको बलियो समर्थन सुनिश्चित गर्न डिजाइन गरिएको हो। हाम्रा एलेन अनलाइन कार्यक्रमहरूमा विद्यार्थीहरूको असाधारण नतिजाहरूले शैक्षिक उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ। शिक्षाको क्षेत्रमा कोचिङ इन्स्टिच्युटहरूमध्ये पहिलो पटक, एलेन डिजिटलको मूल कम्पनी, एलेन क्यारियर इन्स्टिच्युटले पारदर्शिता र विश्वसनीयतामा नयाँ बेन्चमार्क स्थापित गरेको छ।‘









