अलिपुरद्वारमा लगातारको वर्षाका कारण जनजीवन प्रभावित

IMG-20240614-WA0199

 अलिपुरद्वार: लगातार वर्षाका कारण अलिपुरद्वारको जनजीवन प्रभावित भएको छ। अलिपुरद्वार जिल्लामा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ। शुक्रबार बिहान पनि भारी वर्षा जारी छ। यसले विद्यालय जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीलाई समस्या भएको छ। वर्षाका कारण शहरका सडकमा हिँड्नेको संख्या कम देखिएको छ। कतिपय मानिसहरु टाउकोमा छाता बोकेर घरबाट निस्किएर काम पुरा गरे। यहाँ परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीनालामा पानी जम्न थालेको छ। हिमाली भेगमा परेको वर्षाका कारण कालजनी, रैडकलगायतका विभिन्न नदीमा पानीको बहाव बढेको छ। तर, अहिलेसम्म कुनै पनि नदीमा पानीको सतह खतराको निशानभन्दा माथि पुगेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement