भारी वर्षाका कारण टिस्टाको जलस्तर बढ्दै

IMG-20240614-WA0191

सिलगढी: वर्षाका कारण सिक्किममा तनाव भएको भने यता पश्चिम बंगालमा यसको व्यापक प्रभाव देखिएको छ। तराईका सबै नदीमा पानीको बहाव अत्याधिक बढेपछि नदी किनारका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। बाढीको डरले मानिसहरु डराउन थालेका छन्। यसबाहेक कालिम्पोङको अवस्था पनि निकै नाजुक बनेको छ। टिस्टा नदीको पानीको बहाव यति धेरै बढेको छ कि कालिम्पोङको टिस्टा बजार पनि डुबेको छ। रातिको अविरल वर्षाका कारण कालेबुङमा धेरै सवारीसाधन र मोटरसाइकल नदीमा बगेका छन्। राष्ट्रिय राजमार्ग १० अहिले पूर्णरुपमा बन्द छ र कालिम्पोङका धेरै सडक पनि खोलाले बगाएको छ। प्रशासनले स्थितिलाई नियालिरहेको छ र महत्वपूर्ण प्रशासनिक बैठक पनि बसेको छ। टिस्टा नदीमा रेड अलर्ट जारी गरिएको छ। टिस्टा नदीको पानीको बहाव बढेपछि तिस्ताबजारका बासिन्दा आफ्नो घर बग्ने त्रासमा छन्।

About Author

Advertisement