जलपाईगुडी टिस्टा नदी छेउछाउको क्षेत्रमा ७० भन्दा बढी हात्तीको आक्रमण

38fcc46f-1f04-4978-8cd4-944967f3b5f9-1024x576.jpg

जलपाईगुडी: जलपाईगुडी टिस्टा एन्क्लेभका बासिन्दाहरू भारी वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बाढीको खतरा छ भने अर्कोतिर हात्तीको आतंक छ। बिहीबार राति परेको अविरल वर्षाका बीच बैकुन्ठपुरको जंगलबाट ७० भन्दा बढी हात्तीको समूह टिष्टा छेउछाउको क्षेत्रमा प्रवेश गरेको थियो। जसका कारण उक्त क्षेत्रका मानिसहरु त्रासमा छन्। टिस्टा क्षेत्रमा रोकिएपछि शुक्रबार बिहान हात्तीको समूह जलपाईगुडी टिष्टा नदी छेउका कालियागञ्ज, मोरल पारा, महतोपाडा, पहारपुर क्षेत्रमा प्रवेश गरेको बताइएको छ। हात्तीको आक्रमणबाट खेतबारीमा क्षति पुगेको छ। सम्पूर्ण क्षेत्रमा त्रास छ। आज बिहान हात्तीको समूह साना समूहमा विभाजित भएपछि वनकर्मीलाई हात्तीलाई जंगलमा फिर्ता पठाउन समस्या भएको छ। बैकुण्ठपुर, गोरुमारा, जलपाईगुडी वन विभागका कर्मचारी घटनास्थलमा छन्। हात्तीको बथान अहिले उक्त क्षेत्र छाडेर टिस्टा नजिकैको क्षेत्रमा शरण लिएको छ। मानिसलाई खतराबाट बच्न सचेत गराउनुका साथै वनकर्मीले हात्तीको समुहको निगरानी गरिरहेका छन्।

About Author

Advertisement