सुरक्षा गार्डलाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ

सिलगढी: सिलगढी नजिकैको सालुगडामा रहेको पिठो मिलका सुरक्षा गार्डलाई कुटपिट गरेको आरोपमा भक्तिनगर थानाले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम कृष्णचन्द्र दास (१८) हो। उनी सिलगढीको रथखोला क्षेत्रका बासिन्दा हुन्। स्रोतका अनुसार बुधबार राति युवक सालुगडास्थित पिठो मिल नजिकै मादक पदार्थ सेवन गरी घुमिरहेका थिए। त्यसपछि युवकको त्यहाँ उपस्थित सुरक्षा गार्डसँग झगडा भयो। त्यसपछि युवकले सुरक्षा गार्डलाई कुटपिट गरी भागेको आरोप छ। युवकको कुटपिटबाट सुरक्षा गार्ड गम्भीर घाइते भएका छन्। घटनापछि युवकविरुद्ध भक्तिनगर पुलिस थानामा उजुरी परेको थियो। त्यसपछि परेको उजुरीका आधारमा कृष्णचन्द्र दासलाई भक्तिनगर पुलिस थानाले बिहीबार पक्राउ गरेको थियो। पक्राउ परेका युवकलाई शुक्रबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो। पलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement