सिलगढी: आज क्रान्तिकारी खुदीराम बसुको आत्म बलिदान दिवस सिलगढी नगरनिगमको तर्फबाट पालन गरियो। भारतका वीर सपूत खुदीराम बोसको आज ११४औं आत्म-बलिदान दिवस हो। धेरैजना इतिहासकारहरूले खुदीराम बोसलाई भारतको स्वतन्त्रता आन्दोलनमा सबैभन्दा कम उमेरको सहिदको संज्ञान दिएको छ केवल १८ वर्षको उमेरमा खुदीराम बोसले देशलाई ब्रिटिश शासनबाट बचाउनको लागि हाँसीखुसी फाँसीमा चढेका थिए। सिलगढी नगरनिगमको तर्फबाट आज युवा क्रान्तिकारीको आत्म-बलिदान दिवसको अवसरमा मल्लागढी मोड़मा एउटा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। क्रान्तिकारी खुदीराम बोसको सालिगमा फुल माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत मेयर परिषद तथा नगरनिगमका अधिकारीहरू उपस्थित थिए।










