‘एक लड्की को देखा तो’:५ मिनेटमा गीत, ५ सेकेण्डमा संगीत

1942-Love-story-copy

मुम्बई: ‘एक लड्की को देखा तो ऐसा लगा’ यो गीत अहिले पनि दर्शकमाझ उत्तिकै प्रिय छ। अनिल कपूर र मनीषा कोइराला अभिनित फिल्म ‘१९४२: ए लव स्टोरी’ को यो ‘आइकोनिक’ गीतले एक समय तहल्कै मच्चाएको थियो। तर कमैलाई थाहा होला, यो गीत ५ मिनेटमा लेखिएको थियो। गीतकी कोरियोग्राफर फराह खानले एक अन्तरवार्तामा गीतबारे रोचक कुराहरुको खुलासा गरेकी छन्। उनका अनुसार गीतकार जावेद अख्तरले यो गीत ५ मिनेटमै लेखेका थिए। ‘जावेद अंकल एक खाली कागजका साथ भित्र आउनुभयो। उहाँले केही लेख्नुभएको थिएन। उहाँ भूलिनु भएको थियो। उहाँ यस्तो जहिल्यै पनि गर्नुहुन्थ्यो। उहाँ होमवर्क गर्नुहुन्थ्यो’, फराहले भनेकी छन्, ‘जब आउनुभयो अनि उहाँले ‘कुरा के हो। फेरि भन’ भन्नुभयो। उहाँलाई अनिल कपूर र मनीषा कोइरालाका सिक्वेन्सको बारेमा बतायौं। सिक्वेन्स सुनेपछि उहाँले असिस्टेन्टलाई बोलाउनुभयो भन्नुभयो ‘ठीक छ लेख ‘एक लड्की को देखा तो ऐसा लगा, जैसे खिलता गुलाब’  बिना नरोकिएरै बोलिरहनुभयो। हामीले उत्कृष्ट गीत लियौं। उहाँले तुरुन्तै कागज दिएर ‘यो लिनु तयार भयो’ भन्नुभयो।’ उनले जावेद अख्तरले पाँच मिनेटमा गीत लेखेर दिँदा आफू छक्क परेको बताएकी छन्। ‘दादा(आरडी बर्मन)ले म्यूजिक पाँच सेकेण्डमा कम्पोज गर्नुभयो। राम्रो कुराहरु यसरी बन्छन्’, उनले भनेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement