सुनसरी एकिकृत मालेमा १२ वटै पालिकाको अधिवेशन, नेतृत्व चयन गर्न दुई पक्षिय चुनाव हुने

IMG-20240614-WA0157.jpg

झापा: नेपाल कम्युनिष्ट पार्टी एकिकृत माले सुनसरीले जुन अन्तिम साता भित्र जिल्लाका १२ वटा स्थानिय तहका पालिकामा नगर तथा गाँउ अधिवेशनबाट नेतृत्व चयन गरि अधिवेशन समपन्न गर्ने प्रकृया अगाडी बढाएको छ। नेकपा एमाले जिल्ला कमिटीका सचिब राम कोइरालाका अनुसार जुन दोस्रो सातासम्मको कार्यतालिकका बनाएर अधिवेशन गर्ने मिती तोकिएकोमा जिल्ला अध्यक्ष निलम खनालको दुखःद निधन भएकाले जूनको अन्तिम सातासम्म अधिवेशन समपन्न गर्ने प्रकृया सुरु गरिएको हो। नगर तथा गाउ अधिवेशनका लागि जुन १३भित्र प्रतिनिधि चयन गरि सक्ने गरि एकिकृत माले सुनसरीले निर्वाचन अधिकृत तथा सहजकर्ता चयन गरि पठाएको छ। एकिकृत मालेको गत मई २०मा समपन्न जिल्ला अधिवेशनपछि वडादेखि जिल्ला तहसम्म दुईवटा प्यानल खडा हुने भएको छ। जिल्ला अधिवेशनमा दुईवटा प्यानलबाट चुनाव लडेका नेताहरुकै अगुवाईमा नगर गाँउ र वडासम्म प्यानल बन्न लागेको हो।सुनसरीको सदरमुकामसमेत रहेको इनरुवामा एमालेको नगर पदाधिकारीका लागि दुई प्यानल बिच निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारीमा एकिकृत मालेका कार्यकर्ताहरु आफनो समुहको प्यानल बनाउन व्यस्त बनेका छन्। इनरुवा नगर अध्यक्षका लागि हालका अध्यक्ष प्रेम पौडेलको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावमा जाने तयारीमा एउटा समुह सक्रिय भएको छ। यसैगरि इनरुवामा अर्को समुहले जनता माविका शिक्षकसमेत रहेका एकिकृत मालेका नगर उपाध्यक्ष चिरञ्जीबी रेग्मीको नेतृत्वमा प्यानल बनाएर चुनावमा जाने तयारी थालेको छ। एकिकृत माले इनरुवाका अगुवा युवाहरुले भने तेस्रो पुस्ताका रुपमा रमेश आचार्य नेतृत्वमा अर्को प्यानल बनाएर चुनावीमा प्रतिष्पर्धा गर्ने तयारी स्वरुप छलफल थालेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र एक पुरुष एक महिला उपसचिव रहने पदाधिकारीमा अध्यक्षको प्यानलमा दुवै पक्षले समावेशी टिम बनाएर जाने तयारी गरेका छन्। दुवै समुहले मधेशी, मुस्लीम, युवा र महिला उम्मेवारलाइ्र्र प्राथमिकतामा राखेर प्यानल बनाउन लागेकाले पदाधिकारीका दावेदार रहेकाहरु कुन समुहबाट उम्मेदवार बन्ने भनेर खुलेका छैनन्। इनरुवा एकिकृत मालेमा एकहजार त्रिसठ्ठी जना संगठित सदस्यमध्ये १ सय ५२ जना प्रतिनिधि अधिवेशनमा भाग लिन पाउने व्यवश्था रहेको छ।यससगै सुनसरीको रामधुनी एमाले अध्यक्षका लागि आधा दर्जन आकाक्षीले आफनो दावेदारी प्रस्तुत गरेका छन्।रामधुनी अध्यक्षका लागि यहापनि दुईवटा प्यानल बन्ने निश्चीत भएको छ । वर्तमान अध्यक्ष योगेन्द्र खडकाको नेतृत्वमा एउटा प्यानल चुनावी मैदानमा उत्रिने भएको छ। यसैगरि अर्को प्यानल प्रदिप खनालको नेतृत्वमा चुनावी प्रतिष्पर्धामा आउने भएको छ। दुवै समुहले पदाधिकारीका लागि उपाध्यक्ष, सचिव र दुइ्र्रजना उपसचिवका दावेदावर छनौट गरि प्यानल घोषणा गर्ने तयारी थालेका छन्। यससगै राजकुमार चौधरी, पुष्प कार्की, बलबहादुर कार्की र चुडामणी घिमिरेले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन्।एघारसय एकतिस जना संगठित सदस्य रहेको रामधुनीमा एकिकृत माले जिल्ला कमिटीले नविकरणका आधारमा ७ सय ९८ जनालाई मान्यता दिने की सवैलाई दिने भन्ने निश्चित नभएकाले २ सयजनाको सख्याँमा अधिवेशनका लागि प्रतिनिधि चयन हुने बताइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement