झापा: इनरुवामा सम्पन्न प्रदेश स्तरीय नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ। कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजनामा सम्पन्न प्रतियोगितामा मोरङलाई हराउँदै सुनसरीले उपाधि जितेको हो। इनरुवा जेल फिल्डमा संचालित तीन दिने नेत्रहीन क्रिकेट प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई जितका लागि ४५ रनको लक्ष दिएको थियो। नेत्रहीन क्रिकेट टिम सुनसरीको टोलीले ७ विकेटको सहज जित सहित प्रतियोगिता जितेको हो। १० ओभरमा खेलाइएको खेलमा सुनसरीले बिजयी लक्ष ३ दशमलव १ ओभरमा पुरा गरेको हो ।सुनसरी, मोरङ र पाँचथर गरी तीन टिमले सहभागिता जनाएको प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघ धरानको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगिताको बिजेता र उप–बिजेताले शिल्ड र प्रमाणपत्रका साथै नगद रकम प्राप्त गरेको कोशी नेत्रहीन क्रिकेट संघ धरानका अध्यक्ष बैजनाथ मेहताले बताए। मेहताका अनुसार प्रतियोगितामा सहभागी तीनवटै टिमका खेलाडीलाई इनरुवामा राखेर तीन दिने प्रशिक्षण दिइएको थियो। तालिम पश्चात प्रतियोगिता आयोजना गरिएको थियो। इनरुवामा सम्पन्न प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघको तेस्रो संस्करण हो। नेत्रहीनहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गर्दै आएको नेत्रहीन अभियान्ता शम्भु भट्टराईले जानकारी दिए।