बिराटनगर: मोरंग जिल्लाको बेलबारी ५ कसेनी यतिबेला शोकमग्न बनेको छ। ५ बर्षिया बालक नहरमा मृत भेटिएपछि परिवार र स्थानीय मात्र होईन,त्यो खबर सुन्ने र दृश्य देख्ने सबैको आँखामा आँशु रसाएको छ ।बेलबारी- ५ कसेनी मिलीजुली टोलका विनोद बनका ५ वर्षीय छोरा विवश बन मृत अवस्थामा शव भेटिएका छन्। बिहीबार जुन १३बिहान करिब ९ः३० बजे घरदेखी करिब डेढ किलोमिटर पूर्व सुनसरी मोरङ सिचाइ नहरमा डुबेको अवस्थामा विवशको शव भेटिएको हो।

बालक बुधबार साँझ ७ बजे घर अगाडी बाट नै हराएका थिए। रातभर उनको खोजी गरिएपनि नभेटिएको र बिहान उनको शव भेटिएको हो। उनको शव भेटिएसँगै सिंगो गााउ नै स्तब्ध भएको छ।