सात सूत्रीय माग सहित स्वास्थ्य बिमा दर्ता सहयोगीको आन्दोलन

IMG-20240614-WA0136.jpg

बिराटनगर: न्यूनतम तलब सुविधासहित विभिन्न सातसूत्रीय माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले आन्दोलन थालेका छन्। स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले बिहीबार जुन १३मा कोशी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन्। न्यूनतम पारिश्रमिक तोक्न, १० प्रतिशत प्रोत्साहन रकम कायम गर्न, दर्ता सहयोगी पद हटाइ उचित पदको नामकरण गर्नुपर्ने, पोसाकको व्यवस्था गर्नुपर्ने, बिमा गरेबापत दिइने कमिसन कटाएको, कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई वृद्धि गरेर १५ प्रतिशत लिन थालिएको उनीहरुको गुनासो छ। २०२२ सालदेखिको कमिसनमा उल्टै जरिवाना गरेर बेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बिमा दर्ता सहयोगीहरुमा निराशा पैदा भएको भन्दै आन्दोलन गर्न बाध्य भएको स्वास्थ्य बिमा दर्ता सहयोगी कोशी प्रदेशकी संयोजक गंगा सुवेदीले बताईन। मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना बसेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई बोलाएर प्रदेश सरकारले यसको माग सम्बोधन गर्न नसक्ने तर संघीय सरकारलाई माग सम्बोधन गर्न दबाब दिने आश्वासन दिएका थिए। मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न संघीय सरकारलाई पहल गर्ने आश्वासन दिएपछि उनीहरु धर्नाबाट हटेका थिए। तर, उनीहरुले आन्दोलन निरन्तर रहने जनाएका छन्। स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले स्वास्थ्य बिमा बोर्डको कार्यालय विराटनगरमा चाबी लगाएर विरोध प्रदर्शन गरेका थिए। मागहरु पूरा नभएसम्म आन्दोलन नरोकिने र आन्दोलनलाई अझ सशक्त बनाएर लैजाने सुवेदीले बताइन। स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले आन्दोलनरतहरुको मागको विषयमा केन्द्रसँग छलफल भइरहेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement