चीनको राष्ट्रिय धार्मिक तथा सांस्कृतिक मामिला प्रशासन मन्त्री लुम्बिनी भ्रमणमा ब्यस्त

IMG-20240614-WA0127.jpg

जनकपुर: चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री छन रुइफङले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन। चिनियाँ टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे। बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने एवं नेपाल–चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफङले बताए। उनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए।भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।उपाध्यक्ष डा. लामाको चासोप्रति चिनियाँ मन्त्री रुइफङले चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए। उनले आफूहरू लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउनुभयो। भ्रमण टोलीमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ चिहुई लगायत सामेल छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement