न्यूयोर्क: प्रतिभाशाली युवा पेस बलर अर्शदीप सिंहले जारी आईसीसी टी२० वर्ल्ड कपमा लगातार विकेट हासिल गरिरहेका छन् तर उनी यतिमै सन्तुष्ट छैनन् अनि उनी ब्याटको साथ पनि योगदान दिन चाहन्छन्। यसको निम्ति उनले ब्याटिंग प्रशिक्षक विक्रम राठौड़सँग मेहनत पनि गरिरहेका छन् । अर्शदीपले अमेरिका विरुद्ध टी२० वर्ल्ड कपको म्याचमा ९ रनमा ४ विकेट हासिल गरी भारतको जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। म्याचपछि अर्शदीपले भने, हामी सदा केही नयाँ सिक्ने प्रयास गर्छौं। हामी खेलको प्रत्येक विभागमा सुधार गर्ने प्रयास गर्छौ। टीमलाई कुन समय तपाईंबाट केही रनको आवश्यकता पर्नेछ भन्ने थाहा हुँदैन। त्यो २ या ४ रन पनि हुनसक्छ। यसैकारण म पनि आफ्नो ब्याटिंगमा सुधार गर्न चाहन्छु अनि यसको निम्ति प्रशिक्षकसँग मेहनत गरिरहेको छु। अर्शदीपले पाकिस्तान विरुद्ध म्याचमा नवौं नम्बरमा ओर्लिएर १२ बलमा उपयोगी ९ रन बनाएका थिए। उल्लेखनीय छ, भारतले लगातार तीनवटा जीतको साथ टी२० वर्ल्ड कपको सुपर ८-मा स्थान बनाइसकेको छ।