विम्बल्डनमा एकल च्याम्पियनलाई २७ लाख पाउण्ड दिइने

IMG-20240613-WA0265.jpg

लण्डन: विम्बल्डनको आयोजक अल ईंग्ल्याण्ड क्लबका अधिकारीहरूले बिहीवार बताएअनुसार, सालको तेस्रो ग्राण्ड स्ल्याम टेनिस टुर्नामेण्टको जम्मा पुरस्कार राशि बढ़ेर रेकर्ड ५ करोड़ पाउण्ड (लगभग ६ करोड़ ४० लाख डलर) भएको छ। यसमा प्रत्येक एकल च्याम्पियनलाई २७ लाख पाउण्ड (३४ लाख ५० हजार डलर) गरेर प्राप्त हुनेछ। जम्मा पुरस्कार राशि गत वर्षको तुलनामा ५३ लाख पाउण्ड (६८ लाख डलर) अधिक हुनेछ, जुन ११.९ प्रतिशतको वृद्धि हो। यो १० साल अघि यस ग्रास कोर्ट ग्राण्ड स्ल्याम टुर्नामेण्टमा दिइएको २ करोड़ ५० लाख पाउण्डभन्दा लगभग दोब्बर हो। विम्बल्डनको आयोजक अल ईंग्ल्याण्ड क्लबका नयाँ अध्यक्ष डेबोरा जेवान्सले भने, टिकटहरूको माग यस साल जस्ता पहिला कहिले थिएन। यो सकारात्मक संकेत हो। यस सालका विजेताहरूलाई प्राप्त हुने राशिमा प्रत्येक वर्गमा ३ लाख ५० हजार पाउण्ड (लगभग ४ लाख ५० हजार डलर) – को बढ़ोत्तरी भएको छ, जुन १४.९ प्रतिशतको वृद्धि हो। एकलको पहिलो राउण्डमै हार्ने खेलाड़ीहरूलाई पनि ६० हजार पाउण्ड (लगभग ७६ हजार डलर) गरेर प्राप्त हुनेछ। गत वर्ष यो राशि ५५ हजार पाउण्ड थियो। यसरी क्वालीफाईंग प्रतियोगिताको निम्ति पुरस्कार राशि १४.९ प्रतिशत बढ़ेर ४८ लाख पाउण्ड (लगभग ६० लाख डलर) भएको छ। विम्बल्डनको मुख्य ड्र ३ जुलाईदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement