अन्तराष्ट्रीय योग दिवस तयारीबारे बैठक सम्पन्न

IMG-20240613-WA0262.jpg

गान्तोक: आगामी २१ जूनको दिन पालन गरिने १०औं अन्तराष्ट्रीय योग दिवस तयारीलाई लिएर राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतमा एक बैठक सम्पन्न भयो। टाशीलिङमा सम्पन्न भएको बैठकमा विशेष गरेर राज्यस्तरीय १०औं अन्तराष्ट्रीय योग दिवसको तयारीबारे छलफल गर्दै आगामी २१ जूनको दिन राजधानीस्थित टाशीलिङ सचिवालयमा पालन गरिने निर्णय लिएको छ। उक्त बैठकमा पुलिस महानिर्देशक एके सिंह, अतिरिक्त मुख्य सचिव आर. तेलाङ, गान्तोक नगम निगमका मेयर, जिल्लापाल लगायत विभिन्न विभागका अधिकारीहरूले पनि उपस्थिति जनाएका थिए। सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति मुख्य सचिवले विभिन्न विभागका अधिकारीहरूलाई उक्त दिनको तयारीलाई लिएर आवश्यक प्रबन्धन गरिनुपर्नेबारे जानकारी गराए। विशेष गरेर मौसमलाई ध्यानमा राखेर यसको तयारी गरिनेछ भने यदि मौसम खराब भएमा जिम्नेजियम हलमा योग दिवस पालन गरिने उनले विकल्प दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement