गान्तोक: गेजिङ जिल्लास्तरीय अनुगमन समितिको एक सभा आज राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले गरेका थिए भने सभा पुलिस अधिक्षक जे. जया पाण्डिया, लगायत अन्य अधिकारूहरू पनि सामेल रहेका थिए। आज सम्पन्न भएको सभामा विशेष गरेर गेजिङ जिल्ला पुलिस थानामा जडान गरिएको सीसी क्यामेराले काम गरेको छ की छैन् भन्नेबारेमा समीक्षा गरियो। यसरी नै सभामा पुरानो थानाबाटा नयाँ थानामा सीसी क्यामेरा सार्नु पर्ने साथै सीटीभी क्यामेरा र पावर ब्याकअप प्रणालीको थप आवश्यकताबारे छलफल गरियो।समितिका अध्यक्षलाई यी समस्याहरूबारे अवगत गराइएको थियो र जिल्लामा सुरक्षा र निगरानी बढाउन सीसीटीभी प्रणालीको निर्बाध कार्यसम्पादन सुनिश्चित गर्न पहल भइरहेको अवगत गराइयो।
.









