नाम्ची सिङ्गीथाङकी विधायक कृष्ण कुमारी राईले दिइन् विधायक पदबाट राजीनामा

IMG-20240613-WA0250.jpg

गान्तोक: नाम्ची सिङ्गीथाङबाट निर्वाचित बनेकी विधायक कृष्ण कुमारी राईले उनको विधायक पदबाट राजीनामा दिएकी छन्। आज उने सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पालाई आफ्नो राजीनामा पत्र बुझाएकी छन्। कृष्ण कुमारी राई मुख्यमन्त्री प्रेम सिंह तामाङकी धर्मपत्नी हुन् भने गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा उनले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरेकी थिइन्,जहाँ उनले भारी मतले एसडीएफ पार्टीका उम्मेदवार विमल राईलाई पराजित गरेकी थिइन्। उनले सो चुनाउमा ७,९०६ मतदान प्राप्त गरेकी थिइन् भने विपक्षी दलका उम्मेदवार विमल राईले २,६०५ मत प्राप्त गरेका थिए। विधायक राईले आज मात्र सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पालाई आफ्नो राजीनामा बुझाएको र स्वीकार गरिसकेको जानकारी प्राप्त भएको छ। उक्त चुनाउमा राईले विपक्षी दलका उम्मेदवारलाई ५,३०२ मतले पराजित गर्दै विधायक बनेकी थिइन्।

उल्लेखनीय छ, हिजो मात्र उनले सिक्किम विधानसभामा विधायक पदको निम्ति शपथ ग्रहण गरेकी थिइन्। अब उनको स्थानमा आगामी दिनमा उपचुनाउ हुने भएको छ। यसका साथै राज्यका मुख्यमन्त्रीले पनि अबको केही दिनमा एउटा निर्वाचन क्षेत्र छोडने छन्। उनले गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा दुइवटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरेका थिए, जसमा सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्रको रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement