एकसय भन्दा अधिक घर प्रभावित बन्यो
गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको पानीले राज्यको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको छ। विशेष गरेर मंगन जिल्लामा यसले अधिक असर पारेको छ। मंगन जिल्लाको विभिन्न स्थानमा पैह्रौ गएपछि ६ जनाको मृत्यु भएको छ भने दुइ जनालाई गम्भीर अवस्थामा उद्दार गर्दै जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। यसरी नै आठवट घर पैह्रौको चपेटमा परि पूर्णरूपम ध्वस्त बनेको छ भने एक सय भन्दा अधिक घरलाई आंशिकरूपमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। यसरी घटनाको सूचना पाउनसाथ मंगन जिल्लाका पुलिस अधिक्षक, महकुमा अधिकारी, खण्ड विकास अधिकारी, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका सदस्य लगायत लाइन विभागका अधिकारीहरू घटनास्थलमा पुगेर राहत कार्यमा लागिपरेका छन्।

उक्त घटना पाक्सेपमा घटेको हो। अतिरिक्त जिल्लापालको नेतृत्वमा जिल्ला आपदा प्रबन्धन प्राधिकरणका सदस्यहरू मागसिलामा पुगेर राहत कार्यमा जुटिरहेका छन्। मंगन जिल्लालाई जोडन प्रमुख सडक पनि बीचमा नै चुडिएपछि हाल वाहनहरूको आवात जावत पूर्णरूपमा ठप्प रहेको छ। मानिसहरूको आवात जावतलाई सुचारूपमा सञ्चालन गर्नको निम्ति वन विभागको पहलमा काठको पूल बनाउने कार्य शुरू गरेको जानकारी प्राप्त भएको छ।










