इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार: संयुक्त राष्ट्र संघ

Flag_of_the_United_Nations

संयुक्त राष्ट्र संघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ। इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्र संघको छ। राष्ट्र संघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो। जसमा पहिलो रिपोर्ट ७ अक्टोबरमा हमासले गरेको हमलाको बारेमा थियो भने दोस्रो रिपोर्ट इजरायलको प्रतिक्रियामा गरिएको कारबाहीमा आधारित छ। संयुक्त राष्ट्र सङ्घीय छानबिन आयोग (सीओआई) ले यो प्रतिवेदन व्यापक रूपमा प्रमाण संकलन गरी दोषीको पहिचान गरी सार्वजनिक गरेको जनाएको हो। जसमा इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका आक्रमणहरू समावेश छन्।

सीओआईले इजरायलले आयोगलाई सहयोग नगरेको र काममा बाधा पुर्याएको पनि उल्लेख गरेको छ। इजरायलले अनुसन्धानकर्ताहरुलाई इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा पुग्न पनि रोक लगाएको थियो। तर, इजरायली कूटनीतिज्ञहरूले जेनेभामा संयुक्त राष्ट्र आयोगको प्रतिवेदनलाई अस्वीकार गरेका छन्। उता प्रतिवेदनमा हमासको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। इजरायलका अनुसार अक्टोबर ७ मा सीमाबाट भएको आक्रमणमा १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएको थियो। यसपछि गाजामा जवाफी सैन्य कारबाही गरिएको छ। प्यालेस्टिनी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकका अनुसार इजरायलका कारण ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement