अविरल वर्षाका कारण बढेयाे खोलाको पानीको बहाव 

IMG-20240613-WA0234.jpg

जलपाईगुडी:: वर्षाका कारण सबै पहाडी नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षाका कारण समतल क्षेत्रका नदीनालाहरु पनि बडेका छ। लगातारको वर्षाका कारण डुअर्सको नगरकाटा ब्लकमा सुखानी नदीको पानीको बहाव बढेको छ। बिहीबार बिहानैदेखि मनमोहन धुरा जाने पुलमा सुखानी खोलाको पानी बगिरहेको छ। मनमोहन धुराका जनता त्यही पुलबाट आवतजावत गर्थे। तर बिहीबार बिहानैदेखि पुलमा पानी परेपछि मनमोहन धुरा गाउँको नगरकाटा बजार र ब्लक कार्यालयसँगको सम्पर्क विच्छेद भएको छ। पानी कम नभएसम्म आवतजावत गर्न नसकिने स्थानीय बासिन्दा बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement