भारी वर्षाका कारण जलपाईगुडीमा ठुलो रुख ढलयाे

IMG-20240613-WA0222.jpg

जलपाईगुडी: रातभर परेको वर्षाका कारण बिहीबार एउटा ठूलो रुख ढलेको छ। यो रुख लडेपछि महिला कलेजमा बिजुली बन्द भएको छ। घटना जलपाईगुडी महिला कलेजको निवास नजिक भएको हो।स्थानीय स्रोतहरूका अनुसार रातिको भारी वर्षाका कारण महिला कलेज क्याम्पसमा एउटा बिजुलीको पोल पनि ढलेको छ। बिजुलीको तार चुडिएको कारण महिला कलेजमा करिब एक घण्टा विद्युत अवरुद्ध भएको थियो। घटनाको जानकारी पाएलगत्तै विद्युत् विभागका कर्मचारी आएर स्थिति सामान्य बनाए। तर, यस्ता घटनाका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement