कालेबुङ: कालेबुङ जिल्ला शासक कार्यालयद्वारा आज एउटा निर्देशिका जारी गरेर आजबाट अघिल्लो निर्देश नआएसम्म हाइवे-१० बन्द रहने बताएको छ। भारी वर्षाको कारण मल्ली पुल नजिकै रवि झोडा र लिखु भीर नजिकको भाग क्षतिग्रस्त भएको छ। उक्त क्षतिग्रस्त क्षेत्रहरू मरम्मति गर्ने उद्देश्यका साथ हाइवे १० मा वाहनहरूको आवागमनमा अस्थायी प्रतिबन्ध लगाउनको साथै आम जनताको सुरक्षा सुनिश्चित गर्न नयाँ मार्गबाट वाहनहरू चलाउने निर्देश दिएको छ।
