१०५औं हर्ली मेमोरियल कपः सेण्ट जोसेफ्स कलेज सेमिफाइनलमा

IMG_20220811_190935.jpg

११ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा बिहीवार एकतर्फी जीतको साथ युसेण्ट जोसेफ्स कलेजले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको चौथो क्वार्टर फाइनल म्याचमा सेण्ट जोसेफ्स कलेजले शेयर एफसी (कालेबूुङ)-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निशान्त लिम्बु, पूरन उपरकोटी, सञ्जोक राई र सोनम लेप्चाले १-१ गोल गरे। आजको म्याचसँगै हर्ली कपको सेमिफाइनल समीकरण तयार भयो। अब १२ अगस्तको दिन खेलिने पहिलो सेमिफाइनलमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच भिड़न्त हुनेछ। यसरी नै १३ अगस्तमा दोस्रो सेमिफाइनल दार्जीलिङ डायनामो र सेण्ट जोसेफ्स कलेजबीच खेलिनेछ। फाइनल १५ अगस्तमा हुनेछ।

About Author

Advertisement