पेरिस ओलम्पिकमा नडाल-अल्काराजको जोड़ीले युगल स्पर्धामा हिस्सा लिने

IMG-20240613-WA0206.jpg

नयाँ दिल्ली: महान टेनिस खेलाड़ी रफायल नडाल र प्रतिभाशाली युवा खेलाड़ी कार्लोस अल्काराजले जोड़ी बनाएर पेरिस ओलम्पिकको पुरुष युगल स्पर्धामा हिस्सा लिनेछन्। स्पेनिश टेनिस फेडरेशनले नडाल-अल्काराजले पुरुष युगलमा हिस्सा लिने पुष्टि गरेको छ। गत आइतवार २१ वर्षीय अल्काराजले फ्रेञ्च ओपनमा पहिलोपल्ट खिताब जितेको लगत्तै पछि फेडरेशनले यस्तो घोषणा गरेको छ। अल्काराजलाई पूर्व नम्बर एक खेलाड़ी नडालको उत्तराधिकारी मानिन्छ। नडाल उनको वाल्यकालका हीरो हुन्। नडालले २२ वटा ग्राण्ड स्ल्याम खिताब जित्नको साथै २००८-को बेजिंग ओलम्पिकमा एकल स्वर्ण अनि २०१६-को रियो ओलम्पिकमा मार्क लोपेजसँग मिलेर पुरुष युगलको स्वर्ण पदक जितेका थिए। यसरी युवा स्टार अल्काराजले पुरुष एकलको फाइनलमा जर्मनीका एलेक्जेण्डर ज्वेरेवलाई पाँच सेटमा ६-३, २-६, ५-७, ६-१, ६-२-ले पराजित गरी आफ्नो पहिलो फ्रेञ्च ओपन खिताब जितेका थिए। उनले २०२२ पछि प्रत्येक साल कम्तीमा एउटा ग्राण्ड स्ल्याम खिताब जितेका छन्। यसअघि २१ वर्षीय अल्काराजले २०२२-मा यूएस ओपन र २०२३-मा विम्बल्डनको खिताब जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement