भाजपा महिला मोर्चाद्वारा रक्षा बन्धन पर्व पालन

photocollage_202281119313677.jpg

राजगञ्ज: बेलाकोवामा भाजपा महिला मोर्चाको तर्फबाट रक्षा बन्धन पर्व पालन गरियो। राजगञ्ज विधानसभाको भाजपा महिला मोर्चाको उत्तर मण्डलको तर्फबाट बेलाकोवा आउटपोस्ट, बेलाकोवा स्टेसन, स्वास्थ्यकर्मी तथा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई राखी बाँधिदिनको साथै मिठाई पनि खुवाइयो। यस अवसरमा भाजपा महिला मोर्चाको उत्तर मण्डल सभापति माधवी राय, माया राय, अर्जुन मण्डल, देवाशीष दे, निताई मण्डल, तपन राय लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement