सिलगढी: सिलगढीका विधायक शंकर घोषले नगरनिगमको कथित आपूर्तिको विरूद्ध मोर्चा खोलेका छन्। नगरवासीलाई दूषित खानेपानी आपूर्तिको विषय गम्भीर रहेको भन्दै उनले गम्भीर छानबिन गर्न माग गरे। सोही मागसहित आज उनले पीएचईको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्। विधायक शंकर घोषले करिब २० दिनसम्म दूषित खानेपानी आपूर्ति गरेर नगरवासीको स्वास्थ्यमा प्रतिकूल असर परेको जुन कुनै पनि हालतमा मान्य नहुने बताए।