मिरिकको सौरेनी क्षेत्रमा सड़कको नालालाई व्यवस्थित गर्न चालकहरू अनि सचेत युवाहरू आए अघि

IMG-20240613-WA0172.jpg

मिरिक: सौरेनी हिल्स वेल्फर ड्राइभर एसोसिएसन अनि अप्पर सौरेनी बस्ती खप्तावली गाउँका सचेत युवाहरुले मिरिकको सैरेनीदेखि बुङ्कुलुङसम्म जाने सडकमा नाला अनि झाेडा व्यवस्थित नभएकाे गुनासाे गर्दै बर्खाको पानीले सडककाे केही भागहरु भत्किएको ठाँउहरुमा मरमत्ति कार्य गरेकाे छ। यस अवसरमा बाेल्दै चालक संगठनका समिल राइले सडक जस्तै राम्राे भए पनि नाला अनि झाेडाहरू व्यवस्थित छैन भने सडक लामाे समयसम्म राम्राे बस्न सक्दैन। बर्खा लागिसक्दा पनि उक्त सडकमा नाला अनि झाेडाहरू सम्बन्धित निकायमार्फत् नबनाइएकाे कारण चालक संगठन अनि स्थानीय युवाहरू नाला झाेडालाई व्यवस्थित गर्न अघि आएकाे बताएका छन्। उनले नाला अव्यवस्थित भएपछि बर्खाकाे भल जम्मै सडकमा पस्ने जसले सडकलाई क्षति गर्ने अनि पैह्राे जाने सम्मभावना पनि रहेकाेले मध्य बर्खा नलागी नालालाई व्यवस्थित गर्न हामी अग्रसर भएका छाैं भन्दै चुनाउकाे समय सबैले सडकमा नाला व्यवस्थित गरिदिने आश्वसन दिए तर चुनाउ सकिएपछि कसैकाे अत्ताे पत्ताे नहुदाँ हामीले नै गिटी, बलुवा, सिमेन्ट जाेगाड गरेर नालालाई व्यवस्थित बनाउने कार्य गरिरहेका छाैं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement