टिस्टा: आज बिहानदेखि टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टावासीलाई निक्कै खतरा उत्पन्न भएको छ। आज बिहानदेखि टिस्टा नदी खतरादेखि माथि बगिरहेको छ। सिक्किमको उत्तरी क्षेत्रमा केही दिनदेखि लगातार परिरहेको पानीको कारणले टिस्टा नदीमा पानीको जलस्तर लगातार बढिरहेको छ। बिहानदेखि नै टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टा क्षेत्रमा रहेको घरहरूलाई निक्कै खतरा उत्पन्न भएको छ। टिस्टा नदी उर्लेर आएपछि टिस्टा बजारमा रहेको घरहरूलाई पानीले छोएको छ भने टिस्टा नदी सड़कभरि बगिरहेका छन्। टिस्टा नदी उर्लेर आएपछि टिस्टावासी रातभरि नसुतेको जानकारी प्राप्त भएको छ। टिस्टा नदी टिस्टा बजार क्षेत्रमा सड़कभरि बग्न थालेपछि दार्जिलिङ जाने रोड पूर्ण रूपमा बन्द भएको छ भने टिस्टा नदीको पुलमा पानी निक्कै माथिसम्म आईसकेको बताइएको छ।

टिस्टा नदी टिस्टा बजारको सड़कभरि बगेको र बजारको कतिपय घरहरू पनि छोएर बगिरहेको छ। टिस्टा नदीले टिस्टा बजारमा सड़कमा राखिएको एउटा गाडी बगाईसकेको र एउटा पिक अप गाड़ीमाथिबाट पानी बगिरहेको र पिक अप गाड़ीलाई नदीले बगाउँछ भनेर डोरीले बिल्डिङसित बाँधेर राखिएको दृश्यहरू पनि देखिएको छ। यसको साथै सड़कभरि पानी बगिरहेको कारणले सड़कको माथितिर रहेको घरहरूलाई पनि निक्कै खतरा उत्पन्न भएको छ। टिस्टा नदीमा पानीको जलस्तर निक्कै बेसी बढेपछि टिस्टा नदीमा बनाइएको प्रोटेक्शन वाललाई छोपेर वालमाथिबाट पानी बगिरहेको स्थानीयहरूले बताएका छन्।

यसको साथै टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टा क्षेत्रमा खतरा उत्पन्न भएपछि टिस्टा रंगीत रेस्क्यु टिमद्वारा उध्दार कार्य चलिरहेको बताइएको जानकारी प्राप्त भएको छ। यसरी मुख्य वर्खा नलागी नै टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टावासीलाई धेरै खतरा उत्पन्न भएको स्थानीयहरूले बताएका छन्। सड़कभरि टिस्टा नदी बग्न थालेपछि सडकको मास्तिर रहेको घरहरूबाट पनि मानिसहरू सुरक्षित स्थानतिर सारिएको बताइएको छ।