खरसाङको लंगभ्यू चियाबारी कार्यकारी निर्देशकसँग क्षेत्रीय सभासदको भेट

IMG-20220811-WA0157.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लंगभ्यू चियाबारीमा कार्यरत श्रमिकहरूको विभिन्न समस्याहरूको समाधान आजसम्म हुन सकेको छैन जसले गर्दा त्यहाँका श्रमिकहरूले धेरै दु:ख पाइरहेका छन्। यसलाई मध्यनजर राखेर पंखाबारी अम्बटे लंगभ्यू समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आज चियाबगानका कार्यकारी निर्देशक साथै चियाबगान प्रबन्धकसित भेट गरिन्। उनले आजको भेट मुख्य रुपले चियाबगानबाट अवकाश प्राप्त गरि सकेका कर्मचारीहरुका कर्मचारी सञ्चय कोश (ईपीएफ) साथै उपदान (ग्रेजेयटी) बारे जानकारी लिइन्। यसबारे प्रधानले बगान कतृपक्षलाई श्रमिकहरूको समस्याको चाँड़ो समाधान गरिदिने आग्रह गरिन्। भेट गर्न गएका प्रतिनिधि टोलीमा पंखाबारी अम्बटे लंगभ्यू समष्टिका सभापति मणिराज डुम्जन साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कस युनिय लंगभ्यू शाखाका पदाधिकारीहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *