झापा: तामाङ भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र बिकासमा योगदान दिएको भन्दै झापा दमक -८ का ७० बर्षिय प्रतिमान तामाङलाई सम्मान गरिएको छ।
पूर्व प्रहरी संगठनमा समेत आवद्ध रहनु भएका तामाङलाई तामाङ भाषा साहित्यको माध्यमबाट बहुभाषिक, बहुजातिय देशको राष्ट्रिय संस्कृति संवद्र्धनमा विशेष योगदान दिए वापत अन्तराष्ट्रिय बहुभाषिक साहित्य संगीत तथा पर्यटन प्रवद्र्धन महोत्सवको अवसर पारेर सम्मान गरिएको हो।
नेपालकै होचो भुभागका रुपमा चिनिएको कचनकवलमा आयोजित सो महोत्सवमा तामाङलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, प्राज्ञ हरिप्रसाद पौडेल, कचलकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी, बहुभाषिक साहित्य संगीत कला केन्द्रका संयोजक मिलनकुमार ढुंगाना, संगीत संयोजक गोविन्द नेपाल लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। सो महोत्सव जुन ७ देखि ९ सम्म सञ्चालन भएको थियो।