कतर विरुद्ध विवादास्पद गोलको जाँच गर्ने माग गऱ्यो एआईएफएफ-ले

IMG-20240612-WA0284.jpg

नयाँ दिल्ली: फिफा वर्ल्ड कप क्वालीफायरको महत्त्वपूर्ण म्याचमा रेफरीको हताशाजनक फसेलाले क्षुब्ध अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले म्याच आयुक्त (कमिश्नर) – सँग नालिश गरेर कतरको विवादास्पद गोलको जाँच गराउने माग गरेको छ। जस्सिम बिन हमाद स्टेडियममा खेलिएको म्याचमा भारतको १-२-ले हारको अवधि दक्षिण कोरियाई रेफरी किम वू सुंगले कतरको पहिलो गोललाई केही नसोची सही ठहऱ्याएका थिए जबकि गोली मैदान बाहिर गइसकेको थियो। त्यस गोललाई लिएर निक्कै विवाद भएको छ कारण त्यही गोलले गर्दा भारतको फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा पुग्ने सम्भावना पनि समाप्त भयो। एआईएफएफ-का शीर्ष अधिकारीले भने, हामीले म्याच आयुक्तसँग नालिश गरेर पूरा मामिलाको गहन जाँच गर्ने माग गरेका छौं। यस्तो फसेलालाई स्वीकार गरिनेछैन। ईरानका हामेद मोमेनी त्यस म्याचको आयुक्त थिए। म्याच आयुक्तको जिम्मेवारी म्याच आयोजनको निरीक्षण गर्नु अनि खेलको अवधि फिफा नियमहरूको पालन भएको सुनिश्चित गर्नु हुन्छ। म्याचको ७३औं मिनटमा अब्दुल्लाह अलाहरकको फ्री किकमा यूसेफ आयमेनले हेडर लगाउने प्रयास गरेका थिए तर भारतीय गोलकीपर गुरप्रीत सिंह सन्धूले त्यसलाई रोकेका थिए। त्यस समय गोली मैदान बाहिर गएको थियो। त्यही समय हाशमी हुसैनले गोलीलाई मैदानभित्र ताने अनि आयमेनले गोल गरी कतरलाई १-१-को बराबरीमा पुऱ्याएका थिए। फिफा नियमहरू अनुसार, गोली बाहिर गएपछि खेल रोकिनु पर्ने थियो अनि कतरले पेनल्टी कर्नर पाउनु पर्ने थियो कारण गोली भारतीय गोलकीपरको शरीरमा लागेर बाहिर गएको थियो। भारतीय खेलाड़ीहरूले मैदानमा कड़ा विरोध गरे पनि रेफरी आफ्नो फसेलामा अडिग रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement