उप मेयर भोटियाले गरिन मजुवा गाउँको निरीक्षण

IMG-20240612-WA0237.jpg

गान्तोक: गान्तोक नगर निगमका उप मेयर छिरिङ पाल्देन भोटिया, एसकेएम पार्टी युवा प्रकोष्ठका राज्य अध्यक्ष लाक्पा मोक्तानले आज याङगाङस्थित मजुवा गाउँको पैह्रौ प्रभावितस्थलको निरीक्षण गरे। निरीक्षणको क्रममा टोलीले उक्त घटनाको विस्तृतरूपमा जायजा लिएको बताइएको छ। यसै क्रममा महकुमा अधिकारी, खण्ड विकास अधिकारी, पञ्चायतहरूलाई पैह्रौ प्रभावित परिवारलाई सुरक्षित अन्यत्र स्थान्तरण गरिनको साथै पूर्नवासको व्यवस्था गरिनुपर्ने विषयमा छलफल गरे। निरीक्षण टोलीले सबै प्रकारको सहयोग प्रदान गर्ने पनि आश्वासन दिएको छ। उल्लेखनीय छ, गत केही दिन दक्षिण जिल्लाको याङगाङस्थित मजुवा गाउँमा पैह्रौको चपेटमा परि तीन जनाको मृत्यु भएको थियो भने आठवटा घरलाई पूर्णरूपमा क्षति पुऱ्याएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement