गान्तोक: नाम्ची जिल्लाको महिला एवम वाल विकास विभागको पहलमा आझ एचयुबी अन्तर्गत महिला सशक्तिकरण अन्तर्गत लाइन विभागका अधिकारीहरूलाई लिएर एक बैठक जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस बैठकको अध्यक्षता नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले गरेकी थिइन् भने यस अवसरमा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (विकास) डा. सीपी राई लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। उक्त बैठकमा विशेष गरेर महिला सशक्तिकरणको लागि हब प्रदान गर्नु, आत्म-मूल्यको परिभाषित भावना र आफ्नै छनौटहरू निर्धारण गर्ने क्षमतालाई बढावा दिनु थियो।
बैठकमा सोफिया लेप्चाले महिला सशक्तिकरणका लागि हब स्थापना गर्नुको महत्वबारे प्रकाश पारिन्। उनले महिनावारी स्वच्छता, सामाजिक विकास सीप र स्वस्थ जीवनशैली प्रवर्द्धन जस्ता विभिन्न पक्षहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू मार्फत सचेतनाको पहल गर्ने धेरै सामाजिक मञ्चको माध्यमद्वारा महिलाहरूलाई जीवन परिवर्तन गर्ने निर्णयहरू गर्न अनुमति दिने योजना २०२४ मार्चमा शुरू भएको जानकारी गराइन्।