मत्स्य पालकहरूलाई लिएर सेचना एवम आवश्यक सामग्री वितरण कार्यक्रम आयोजित

IMG-20240612-WA0233.jpg

गान्तोक: राज्य सरकारको मत्सय पालन विभाग र आइसीएआरको संयुक्त पहलमा हिजो सचेतना एवम आवश्यक सामग्री वितरण गरियो। गान्तोकस्थित मत्स्य पालन निर्देशालयमा सम्पन्न भएको कार्यक्रममा विभागकी सचिव रोशनी राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने सीआइएफआरआईका निर्देशक बेकी दास लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त कार्यक्रममा २५ जना माछा पालकहरूलाई माछाको बच्चा, हिटर्स, चारो लगायत अन्य सामग्री वितरण गरियो। विशेष गरेर माछा पालकहरूलाई प्रोत्साहन गर्नको निम्ति उनीहरूलाई चाहिने आवश्यक सामग्री प्रदान गरिएको हो। यसो गर्नाले माछा पालकहरूको जीविका उपार्जनमा केही सहयोग पुग्न सक्ने आशाले यस कार्यक्रमको आयोजना गरिएको बताइएको छ। यस भन्दा अघि सोही प्रकारको कार्यक्रम गेजिङ, सोरेङ, मंगन र नाम्ची जिल्लामा आयोजना भइसकेको छ। हालसम्म राज्यका ५२ जना माछा पालकहरूलाई आवश्यक सुविधा साथै सहुलियत प्रदान गरिसकेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि रोशनी राईले सिक्किममा आर्थिक वृद्धि र रोजगारीका लागि महत्वपूर्ण सम्भावना भएकोले माछा पालनमा महत्व दिएको बताइन्। उनले आईसीएआर र सीआइएफआरआई-लाई उनीहरूको निरन्तर सहयोग र प्राविधिक मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गरे, जसले राज्यमा माछापालन क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको जानकारी गराइन। माछा पालन क्षेत्रलाई थप बलियो बनाउन उन्नत तालिम, अनुसन्धान तथा विकास, बजार पहुँच, पूर्वाधार विकास जस्ता क्षेत्रमा निरन्तर सहकार्य र सहयोग आवश्यक रहेकोबारेमा जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement