राजगञ्ज: बैंकमा किस्ताको पैसा जम्मा गर्न गएकी गृहिणी बेपत्ता भएकी छन्। परिवारले पुलिसलाई सहयोगको अपिल गरेका छन्। पारिवारिक श्रोतका अनुसार राजगञ्जको शिकारपुर ग्राम पञ्चायतको पनाशगुरी गाउँका अलेश्वर रायकी श्रीमती १० जुन देखि बेपत्ता छिन्। उनका एक छोरा र एक छोरी छन्। छोरा सिलगढीमा बस्छ। जबकि छोरी मामाको घरमा बस्छिन्। जबकि घरमा श्रीमान् श्रीमती बस्थे। गत १० जुन दिउँसो ब्यूटी राय किस्ताको पैसा जम्मा गर्न गेटबजार नजिकै रहेको निजी बैंकमा गएकी थिइन्। त्यसयता उनको कुनै पत्ता लागेको छैन। परिवारका सदस्यले धेरै ठाउँमा खोजी गरे पनि फेला परेनन्। त्यसपछि बेलकोवा पुलिस थानामा हराएको उजुरी परेको थियो। किस्ताको पैसा बैंकमा जम्मा गर्न श्रीमती गत १० जुन घरबाट निस्किएको अलेश्वर रायले बताए। त्यस दिनदेखि श्रीमती बेपत्ता छिन्। यस विषयमा पुलिसलाई जानकारी गराइएको छ। साथै उनले जनतालाई सहयोग गर्न अपिल गरेका छन्।