सिलगढी: सिलगढीमा एक व्यक्तिलाई सडकमै निर्मम कुटपिट गरी अस्पताल लगिएको घटना गत आइतबार वार्ड नम्बर एक अन्तर्गत जंक्शन नजिकैको क्षेत्रमा भएको हो। उक्त घटनामा जितेन प्रसाद नामका व्यक्ति गम्भीर घाइते भई बर्धमान रोडस्थित एक गैरसरकारी अस्पतालमा जीवन संघर्ष गरिरहेका छन्। यो डरलाग्दो घटनाको एक दिन पछि, पुलिसले दुई अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम अरुण साहनी र रवि साहनी रहेका छन्। जबकि मुख्य अभियुक्त कृष्ण साहनी अझै फरार छन्। जसको पुलिसले खोजी गरिरहेको छ। प्राप्त जानकारी अनुसार पुरानो दुश्मनीका कारण यो घटना भएको हो। वास्तवमा घाइते जितेनप्रसाद र कृष्ण साहनीका पुराना चिनजान हुन् ।गत आइतबार जितेन रातिको काम सकेर घर फर्कदै गरेको पीडित परिवारले बताए। त्यसपछि कृष्ण साहनी र उनका साथीहरूले जितेनमाथि लाठी, छुरी र बटामले आक्रमण गरेका थिए। जसमा उनी गम्भीर घाइते भएका छन्। पछि जितेन प्रसादलाई गैरसरकारी अस्पतालमा भर्ना गरिएको थियो।
आफ्नो वर्चस्व कायम राख्न कृष्ण साहनी र उसको गिरोहले जितेनप्रसादमाथि घाँटी थिचेर आक्रमण गरेको परिवारजनको आरोप छ। अर्कोतर्फ सामान्य सडकमा कुटपिट गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अहिले पुलिसको सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ।