जीटीएको सभा आगामी महिना हुने जीटीए चेयरम्यान अञ्जुल चौहानको भनाई

IMG_20220811_184707.jpg

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सभा आउँदो महिना सम्पन्न हुने जानकारी जीटीए सभाका चेयरम्यान अन्जुल चौहानले दिएका छन्। आज मिरिकमा पत्रकारहरुसित कुराकानी गर्दै चौहानले सभामा विभिन्न विषयहरुमाथि छलफल गरिइने थप जानकारी दिएका छन्।
गोर्खा जातिको भाषा,साहित्य संस्कृति, कला अनि परम्पराहरुको विशिस्ट स्थान रहेको छ। आज हामीले भाषा साहित्य अनि कलालाई संरक्षण अनि प्रबर्द्धन गर्न सके मात्र जातीय अस्मिता बाँच्न सक्ने धारणा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका सूचना अनि संस्कृति विभागका कार्याकारी सभासद अनोश कुमार थापाले व्यक्त गरेका छन्। मिरिकमा अत्याधुनिक बहुउद्देश्य रंगशालाको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित बनेका थापाले भाषा साहित्य अनि कलालाई संरक्षण अनि प्रबर्द्धन गर्नुपर्ने तथा भाषा साहित्य अनि कलालाई पर्यटनसित जोडेर जीटीएले महत कार्य गर्ने बताउँदै मिरिकमा उद्घाटन गरिएको रंगशालाले मिरिकको कला अनि संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने आशा व्यक्त गरे।उनले आफू सम्बन्धित बिभागको कार्याकारी सभासद भएको हैसियतमा आफ्नो लक्ष्य र उदेश्य भनेकोनै दार्जीलिङ पहाडमा कला संस्कृति र भाषा साहित्यको प्रबर्द्धन गर्नु रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *