खरसाङको आदर्श उच्चत्तर माध्यमिक विद्यालय मोडेल प्रदर्शनीमा दोस्रो साथै विद्यालयको शैक्षिक भ्रमण सम्पन्न

IMG-20240612-WA0223.jpg

खरसाङ: पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डद्वारा मिशन लाइफ अन्तर्गत एउटा मोडेल प्रदर्शनी साथै प्रतियोगिताको आयोजना खरसाङको सन्त अल्फन्सेस् विद्यालयमा मार्च महिनामा उत्तर बंगालका विभिन्न विद्यालयहरुलाई लिएर गरिएको थियो। सोही प्रतियोगितामा खरसाङ आदर्श विद्यालयलाई दोस्रो पुरस्कार प्राप्त भएको छ। सोही उपलब्धिको निम्ति विद्यालयलाई सम्बर्ध्दनना जनाउन पश्चिम बंग प्रदूषण नियन्त्रण बोर्डको ५०औं वर्षगाँठको कार्यक्रममा पश्चिम बङ्ग पर्यावरण नियन्त्रण समितिका अध्यक्ष कल्याण रुद्रको बाहुलीबाट सोही उपलब्धिको निम्ति कोलकाताको विश्व बांग्ला भवनमा एक भव्य कार्यक्रमबीच विद्यालयलाई सम्मान जनाइयो। विद्यालयका शिक्षक रमेश लामाले बोर्डको निम्तोलाई स्वीकार गर्दै उक्त कार्यक्रममा अंश ग्रहण गरेका थिए। लामाले कुशल मार्गदर्शकको भूमिका निभाउँदै विद्यार्थीहरूलाई मोडेल बनाउनमा प्रोत्सहान साथै गाइड गरेका थिए। खरसाङको आदर्श विद्यालयले विद्यार्थीहरुलाई लिएर शैक्षिक भ्रमणको आयोजना गरिएको थियो। इतिहास अनि भूगोल विषयलाई केन्द्रमा राखेर गरिएको उक्त भ्रमणमा विद्यार्थीहरु साथै विद्यालयका शिक्षिका उषा मंग्राती, लक्ष्मी क्षेत्री अनि छीदेन भुटियाले विद्यार्थीहरुलाई चिया उत्पादनको विशेषताहरुको ज्ञान दिलाउन सिमुलबारी चिया बगानको भ्रमण गराएका छन्। त्यसपछि सीमुलबारीमा अवस्थित विर्सा मुण्डाको प्रतिमाको दर्शन अनि ब्रिटिश उपनिवेशवाद विरुद्ध उनको अगुवाइमा भएको आदिवासी विद्रोहमा उनको भूमिका विषयमा जानकारी गराइयो। त्यसपछि विद्यार्थीहरुलाई तीनधारेको पैह्रोको भ्रमण गराएर पैह्रोको कारण अनि यस क्षेत्रको बारेमा जानकारी गराए। त्यसपश्चात तीनधारेको दार्जीलिङ हिमालयन रेलवेको कारखानाको पनि भ्रमण गर्दै विद्यार्थीहरुले कारखानामा भएका ब्रिटिशकालीन साथै आधुनिक मशीनहरूहरुको जानकारी गराइएको छ।

विद्यालयका शिक्षक प्रभारी निमा लेप्चाले विद्यालयको पक्षबाट विद्यालयको गरिमा उच्च पारेकोमा विद्यालयको पक्षबाट शिक्षक रमेश लामा साथै सम्पूर्ण विद्यार्थीहरू साथै शैक्षिक भ्रमणमा विद्यार्थीहरुलाई लिएर जाने सम्पूर्ण शिक्षिकाहरुलाई पनि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement