सिलगढी: ‘यदि लोकसभा चुनावमा अयोध्यामा भाजपा हारेको छ भने, उत्तर बंगालका जनता किन बारम्बार भाजपालाई भोट दिइरहेका छन्? भाजपाले पहाडी जनतालाई बारम्बार धोका दिइरहेको छ अनि जनतालाई बारम्बार मूर्ख बनाइँदैछ’, राज्यका शहरी विकासमन्त्री फिरहाद हाकिमले बुधबार सिलगढी जलपाईगढी विकास बोर्डको कार्यालयको भ्रमण गर्दा यसो भने। लोकसभा चुनावमा उत्तर बंगालको नतिजालाई लिएर उनले आज यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘अयोध्यामा भाजपा हारे भने उत्तर बंगालमा रामको नाममा राजनीति किन ? उत्तर बंगालका केही मानिसहरूले तृणमूल कांग्रेसले मात्र विकास ल्याउन सक्छ भन्ने बुझेका छन्, त्यसैले यस पटक भोट मार्जिन उल्लेखनीय रूपमा घटेको छ, तर भाजपालाई यहाँबाट हटाउनु पर्छ।‘