विश्व बाल श्रम विरुद्ध दिवसको उपलक्ष्यमा विद्यार्थीहरुलाई लिएर सचेतना कार्यक्रम

IMG-20240612-WA0212.jpg

दार्जिलिङ: विश्व बाल श्रम विरुद्ध दिवसको उपलक्ष्यमा विद्यार्थीहरुलाई लिएर डीएलएसए दार्जीलिङले सचेतना कार्यक्रम आयोजना गरेको छ। १५ जूनको दिन विश्व बाल श्रम विरुद्ध दिवसको उपलक्ष्यमा आज जिल्ला विधिक सेवा प्राधिकरण, दार्जीलिंग लगायत डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्शन यूनिट को सहयोगमा दार्जीलिङको चौरस्तामा वुद्यार्थीहरुलाई लिएर बाल श्रम विरुद्ध जनचेतना प्रदान गरियो। दार्जिलिङ नगरपालिका बालिका उच्च माध्यमिक विद्यालय र हिन्दी हिमाञ्चल विद्यालयका विद्यार्थी लगायत शिक्षक शिक्षिकाहरु साथै स्थानीयहरूको उपस्थितिबीच डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्शन यूनिट को तर्फबाट उपस्थित स्रोत व्यक्तित्व फुर्बा शेर्पाले विद्यार्थीहरुलाई आजको महत्वपूर्ण दिन विषयमा जानकारी गराए भने बाल बालिकाहरुको अधिकार विषय पनि जनचेतना प्रदान गराइएको छ। यसरी नै डीएलएसए दार्जीलिङको तर्फबाट उपस्थित रीना राया अनि निमा लम्हु लामाले पनि विद्यार्थीहरुलाई कानुनी सचेतना प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement