गान्तोक। मुख्यमन्त्री प्रेमसिँह गोलेको दिशानिर्देश अनुसार गरिब जनकल्याण प्रकोष्ठद्वारा देन्तामको खेल मैदानमा नि:शुल्क स्वास्थ जाँच शिविरको आयोजना गरियो। जिल्ला अस्पतालहरुबाट आएका विभिन्न चिकित्सा विशेषज्ञहरुद्वारा क्षेत्रको ५८०० रोगीहरुको नि:शुल्क स्वास्थ्य जाँचपछि आवश्यक औषधी साथै पौष्टिक सामग्री अनि सेनिटाइजर तथा मास्क वितरण गरिएको थियो। यसका साथै क्षेत्रको विभिन्न गाउँको बिरामीहरुलाई आवश्यक सामाग्रीहरुपनि बितरण गरियो भने राज्यको विभिन्न अस्पतालहरुमा उपचाराधिन थुप्रै बिरामीहरुलाई मुख्यमन्त्रीको तर्फबाट पन्द्र हजारदेखि पैतिस हजारसम्मको चेकपनि बितरण गरिएको छ। प्रकोष्ठको प्रमुख संरक्षक प्रभाकर गोलेको प्रत्यक्ष देखरेखमा आयोजिय उक्त मेगा मेडिकल क्याम्पमा सिक्किमको एकमात्र लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने उनको साथमा सिक्किम राज्य बैंकको अध्यक्ष डिबि गुरुङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सल्लाहकार मधुसुधन शर्मा, आईपिआर बिभागको सल्लाहकार बिरेन्द्र ताम्लिङ, सेबको अध्यक्ष जंगबहादुर ताम्लिङ, औधोगिक बिकास बोर्डको अध्यक्ष जनक गुरुङ, क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा ,जलस्रोत बिभागको अध्यक्ष पेमा शेर्पा, संगठनको राज्य स्तरीय महासचिव पबित्र मानव, प्रकोष्ठको राज्य स्तरीय समन्वयक मनोज लामा, सल्लाहकार दिपेस भण्डारी, पार्टीको पश्चिम् जिल्ला उपाध्यक्ष प्रभारी श्रीमति पेमफोकि भोटिया, महासचिव श्रीमति मिङ्मालमु भोटिया, संयोजिका लुइस मोक्तान तथा माननीय पन्चायतगण अनि पार्टीको तमाम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।