मिरिकमा जीटीए चिफ् अनित थापाद्वारा बहुउद्देश्य अत्याधुनिक रंगशाला भवनको उदघाटन

IMG-20220811-WA0149.jpg

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यापाल अनित थापाले मिरिकमा नवनिर्मित अत्याधुनिक बहुउद्देश्य रंगशाला भवनको विधिवत उद्घाटन गरेका छन्। भव्य कार्यक्रमबीच सम्पन्न उद्घाटन कार्यक्रममा सूचना एवं संस्कृति विभागका कार्यकारी सभासद अनोश कुमार थापा, जीटीए सभाका चेयरमेन अन्जुल चौहान, भाईस चेयरमेन राजेश चौहान, जीटीएका मुख्य सचिव एवं दार्जीलिङका जिल्लापाल एस पुन्नमबालम, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, विभागीय कार्यकारी निर्देशक सामदेन डुक्पा लगायत विभिन्न समष्टिका सभासदगण उपस्थित रहेका थिए। विभागीय सह निर्देशक भानुकान्त घिसिङद्वारा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यापाल अनित थापाले मिरिकको निम्ति उक्त रंगशाला उपहार स्वरुप प्रदान गर्न पाउँदा आफू धेरै हर्षित बनेको बताउँदै यसको संरक्षणको दायित्व मिरिकवासीको रहेको बताए। थापाले दार्जीलिङ पहाडमा शान्ति, समृद्धि अनि सुशासनको आवश्यकता रहेको बताउँदै आफू यसको पक्षमा रहेको तथा बिग्रिएको ब्यवस्थालाई सुधार्न प्रतिबद्ध रहेको बताए। थापाले उक्त रंगशाला भवनको नामकरण नेपाली संगीत जगतका वरिष्ठ संगीतकार गोपाल योन्जनको नाममा समर्पित गरेको घोषणा गरे।

यस अघि थापालाई कृष्णनगरदेखि रंगशालासम्म भब्यरुपमा स्वागत जनाइयो भने यस अवसरमा मिरिक सूचना एवं संस्कृति विभागका कलाकारहरुले रङ्गारङ्ग कार्यक्रम गरेका थिए। कार्यक्रममा मिरिकका जीटीए सभासद मिलेश राईले धन्यवाद ज्ञापन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *