सिलगढी: विश्व बाल श्रम रोकथाम दिवसको अवसरमा सिलगढीमा र्याली निकालिएको थियो। आयोजकले वर्तमान समाजमा बालश्रम अभिशाप भएको बताउँदै बाल्यकाल खेलकुद र अध्ययनका लागि भएको बताए। तर कतिपय स्वार्थी मानिसहरुले उनको बाल्यकाल खोसिरहेका छन्। समाजमा यस्ता मान्छे धेरै छन्। बालबालिकालाई कम पैसामा बढी काम गराइदिएर उनीहरुलाई यातना दिने गरेका छन्। सिलगढी महिलाको संयुक्त पहलमा शहरमा एक सचेतना र्याली निकालियो। र्यालीमा सहभागी प्रहरी कर्मचारी तथा स्वैच्छिक संघसंस्थाका सदस्यहरुले समाजलाई बालश्रमको श्रापबाट तुरुन्त मुक्त गर्न अपिल गरेका थिए।