विद्यालयमा चोरीको मुद्दामा अझ एक जना पक्राउ

IMG-20240612-WA0191-copy

सिलगढी: विद्यालयमा चोरीको मुद्दामा पक्राउको संख्या बढेर ३ पुगेको छ। खोबारीको बतासी सर्कलमा रहेको मोनिका जोत प्राथमिक विद्यालयमा गत २६ मईमा चोरी भएको थियो। घटनाको उजुरी दर्ता गरेपछि पुलिसले अनुसन्धान थालेको र पहिलो दुई जनालाई पक्राउ गरेपछि हिजो थप एक जनालाई पक्राउ गरेको छ। आरोपी मानसबस्ती पानीट्यांकीका देवन बर्मन रहेको बताइएको छ। पुलिसले आरोपीको साथबाट ग्यास सिलिन्डर बरामद गरेको छ। यसअघि गत २८ मईमा पुलिसले चोरीको अनुसन्धानपछि चौल एसके र अजय मण्डललाई पक्राउ गरेको थियो। पुलिसले अभियुक्तको साथबाट मोटर पम्प र सिलिङ् फ्यान बरामद गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement