अरुण तेस्रोको क्याम्पमा पहिरो खस्दा एक मजदुरको मृत्यु, दुई जना घाइते

IMG-20240612-WA0196.jpg

बिराटनगर: पहिरोले पुरिएर संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा एक मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला पुलिस कार्यालय संखुवासभाका सूचना अधिकारी इंन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए। अन्य दुई जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन्। राति कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन्। खाँदबारी–नुम सडक खण्ड अन्तर्गत कालोपत्रे गर्न तयारी गरिएको ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्‍याएको छ।

About Author

Advertisement